Skip to main content

धनगढी न्यूज

कैलालीमा किसानलाई ठग्ने तीन सहकारीका अध्यक्ष पक्राउ

Advertisement

धनगढीः कैलालीको कैलारी गाउँपालिकामा पावर टिलर दिने भन्दै किसानलाई ठग्ने सहकारीका अध्यक्षहरू पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयबाट  ठगीमा संलग्न कालीमाई सहकारी संस्थाका अध्यक्ष अमृत चौधरी, बाल सशक्तीकरण नेपाल सहकारी संस्थाका अध्यक्ष योगेश योगी र अखुवा कृषि सहकारी संस्थाका अध्यक्ष सीताराम चोधरी पक्राउ परेका हुन्। किसानहरूलाई पावर टिलर बाढ्ने भन्दै ठगी गरेको भेटिएपछि तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

यसअघि जिल्ला प्रशासन कार्यालय कैलालीले सत्यतथ्य बुझ्न अनुसन्धानका लागि पत्राचार गरेको थियो। अनुसन्धानका क्रममा सहकारीका अध्यक्षहरूले कैफियत गरेको तथ्य फेला परेपछि उनीहरूलाई मङ्गलवार नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

यसअघि जिल्ला प्रशासन कार्यालय कैलालीले सत्यतथ्य बुझ्न अनुसन्धानका लागि पत्राचार गरेको थियो। अनुसन्धानका क्रममा सहकारीका अध्यक्षहरूले कैफियत गरेको तथ्य फेला परेपछि उनीहरूलाई मङ्गलवार नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

रसिद तथा बैँक भौचर केही पनि प्रमाण नदिएर सहकारीहरूले रकम असुलेको पीडित किसानहरूले बताएका छन्। सहकारीहरूले विभिन्न एजेन्सीको हावाला दिएर अनुदाना पावर टिलर दिने भन्दै रकम असुलेका हुन्। असार सकिन लाग्दा समेत पावर टिलर उपलब्ध नगराएपछि किसानहरू ठगिको समाचार प्रकाशित भएका थिए। ठूलो सङ्ख्यामा किसान ठगिएको गुनासो न्यायिक समितिमा सुनुवाइ नभएपछि पीडित किसानहरूले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए।

जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक अनुसन्धानमा  सहकारीका अध्यक्षहरूको कैफियत देखिएपछि थुनामा राखेर अनुसन्धान गर्न तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको हो। कैलारी गाउँपालिका क्षेत्रमा ठगिएका किसान र रकमका विषयमा पूर्ण विवरण प्राप्त भएको छैन। किसानले व्यक्तिको खाता तथा नगद रकम बुझाएका छन।

ठगीमा संलग्न व्यक्ति  छुटाउने काँग्रेस नेता मिश्रको दौडधुप असफल

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले रकम असुलीमा संलग्न सहकारीका अध्यक्षहरू अमृत चौधरी, योगेश योगी र सीताराम चौधरीलाई जिल्ला प्रशासन कार्यालय कैलालीमा झिकाए। उनीहरूलाई थुन्न नदिन कैलाली काँग्रेसका जिल्ला कार्यसमिति सचिव केशव मिश्र र कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीलगायका काँग्रेसी नेताहरूको प्रयास असफल भएको छ।

मिश्र र चौधरीले प्रमुख जिल्ला अधिकारीलाई दबाब दिएर योगी, चौधरी र चौधरीलाई थुनामा लैजानबाट जोगाउन गरेको चलखेल सफल हुन नसकेको जिल्ला प्रशासन कार्यालय स्रोतको दाबी छ। सायौँ किसानको पैसा खाने व्यक्तिलाई कानूनअनुसार दण्डित गराउन राज्यलाई दबाब दिन सक्रिय हुनुपर्ने व्यक्ति स्वयँ पीडककै  पक्षमा उभिएको भन्दै ठगीमा परेका किसानले गुनासो गरेका छन्।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...