Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिममा ९४ प्रतिशत खेतमा रोपाइ सकियो

Advertisement

धनगढीः सुदूरपश्चिम प्रदेशमा असार सकिएसँग ९४ प्रतिशत खेतमा रोपाइ सकिएको छ। प्रदेशका नौवटै जिल्लामा गरेर ९३ दशमलव ६५ प्रतिशत खेतमा रोपाइ सकिएको हो।

प्रदेशभित्र एक लाख ७४ हजार ५७६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा असार अन्तिमसम्म एक लाख ६३ हजार हेक्टरमा धान खेतीको काम सकिएको सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका निमित्त कृषि निर्देशक नरेन्द्र पनेरुले बताए। उनले भने, ‘एक लाख ६३ हजार हेक्टर क्षेत्रफलमा रोपाइ भएको छ। १० हजार हेक्टर बाँकी होला।

दार्चुला जिल्लामा भने सबैभन्दा बढी क्षेत्रफलमा रोपाइ सकिएको छ। दार्चुलामा ९७ प्रतिशत खेतमा रोपाइ सकिएको छ। कैलालीमा ९६ प्रतिशत खेतमा रोपाइ सकिएको छ।  कञ्चनपुरमा ९५ प्रतिशत, डडेल्धुरा, बैतडी र बझाङमा ९०/९० प्रतिशत, अछाममा ८७ प्रतिशत तथा बाजुरा र डोटीमा ८१/८१ प्रतिशत रोपाइको काम सकिएको छ। कैलालीमा ६५ हजार हेक्टर र कञ्चनपुरमा ४७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ।

डोटीमा १० हजार ६ सय ७०, डडेल्धुरामा ६ हजार एक सय ३६, अछाममा १६ हजार पाँच सय ८०, बाजुरामा तीन हजार तीन सय १०, दार्चुलामा चार हजार चार सय ८०, बैतडीमा ९ हजार र बझाङमा सात हजार एक सय १० हेक्टरमा वर्खे धान खेती हुने गरेको छ। कैलाली र कञ्चनपुर जिल्लाको केही हेक्टर क्षेत्रफलको जग्गामा चैत महिनामा समेत रोपाइँ गरेर ‘चैते धान खेती’ गरिँदै आएको छ।

पनेरुले भने, ‘केही क्षेत्रमा रोपाइ जारी छ। डोटीको तलकोट सेरोमा पनि रोपाइ जारी छ। तर, धेरै क्षेत्रमा रोपाइ सकिएको छ।’ सुदूरपश्चिममा कुल एक लाख ७४ हजार सात सय ७६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा ३६ हजार चार सय ८३ हेक्टर जग्गामा आंशिक सिँचाइको सुविधा पुगेको छ। सिँचाइको सुविधा नभएका क्षेत्रमा रोपाइमा ढिलो हुने गरेको छ। सुदूरपश्चिमको १० हजार हेक्टर क्षेत्रफलमा साउन महिना सुरु भइसक्दा पनि रोपाइ भएको छैन।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...