Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिमको पुँजीगत खर्च ६२ प्रतिशत

Advertisement

धनगढी, साउन २ गते । सुदूरपश्चिम प्रदेशको पुँजीगत बजेट (विकास बजेट) खर्च प्रगति अघिल्लो आर्थिक वर्षकै हाराहारीमा भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ मा ६२.०९ प्रतिशत पुँजीगत बजेट खर्च गरेको हो ।

पुँजीगततर्फ १७ अर्ब दुई करोड ५४ लाख ३९ हजार रुपियाँ बजेट विनियोजन गरेको सरकारले १० अर्ब ५७ करोड १० लाख ५७ हजार रुपियाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । अघिल्लो आर्थिक वर्ष २०७९-८० मा पुँजीगततर्फ छुट्याइएको २२ अर्ब ८४ करोड ५७ लाख ६९ हजार रुपियाँ बजेटमध्ये १५ अर्ब ८१ करोड ६७ लाख ६२ हजार रुपियाँ (६१.२२ प्रतिशत) बजेट खर्च भएको थियो ।

यसैगरी, चालुतर्फ सरकारले आठ अर्ब चार करोड ६४ लाख ९७ हजार (६७.२८ प्रतिशत) बजेट खर्च गरेको छ । सरकारले चालुतर्फ कूल ११ अर्ब ९६ करोड दुई लाख एक हजार रुपियाँ बजेट विनियोजन गरेको थियो । अघिल्लो आर्थिक वर्ष २०७९-८० मा आठ अर्ब ३३ करोड ६४ लाख २३ हजार (६८.१४ प्रतिशत) चालु बजेट खर्च भएको थियो ।

प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि कुल २९ अर्ब २८ करोड ५६ लाख ४० हजार रुपियाँ बजेट ल्याएकोमा १८ अर्ब ६१ करोड ७५ लाख ७२ हजार रुपियाँ खर्च गरेको छ । कूल खर्च प्रतिशत ६३.५७ रहेको छ । आर्थिक वर्ष २०७९-८० मा प्रदेश सरकारले कूल ६८.८४ प्रतिशत बजेट खर्च गरेको थियो ।

आर्थिक वर्ष २०८०-८१ को कुल बजेटमध्ये १० अर्ब ६६ करोड ८० लाख ६७ हजार रुपियाँ खर्च हुन नसकेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।

औसतमा बजेट खर्च प्रगति सन्तोषजनक नै रहेको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी यज्ञराज पाण्डेयले बताउनुभयो । सरकार परिवर्तनका बाबजुद गत वर्षकै हाराहारीमा बजेट खर्च भएको उहाँको भनाइ छ ।

गोर्खा पत्र अन्लाईन बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...