Skip to main content

धनगढी न्यूज

भारतसँगको पराजयसँगै नेपाल एशिया कपबाट बाहिरियो

Advertisement

काठमाडौं  – भारत विरुद्ध फराकिलो हार बेहोर्दै नेपाल एसिसि एशिया कप २०२४ बाट बाहिरिएको छ । भारत विरुद्ध ८२ रनले पराजित भएसँगै नेपाल एशिया कपबाट औपचारिक रूपमा बाहिरिएको हो ।

१ सय ७९ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सक्यो । नेपालका लागि सिता राना मगरले १८, विन्दु रावलले १७, रुबिना क्षेत्रीले १५ तथा कप्तान इन्दु वर्माले १४ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अङ्क पनि बनाउन सकेनन् ।

दोस्रो ओभरमा नै नेपालले ओपनर सम्झना खड्कालाई गुमाएको थियो । उनी ७ रन बनाएर अरुणधती रेड्डीको बलमा बोल्ड भएकी थिइन् । कविता कुँवर पनि ६ रन मात्र बनाएर पाँचौं ओभरमा रेणुका सिंहको शिकार बनिन् ।

कप्तान इन्दु वर्माले मध्यम सुरुवात पाएको थिइन् । तर १०औं ओभरमा उनलाई राधा यादवले शफाली वर्माको हातबाट क्याच आउट गराइन् । इन्दुले १८ बल खेल्दै १४ रन जोडेकी हुन् । ओपनर सिता राना मगरलाई अरुणधतीले ११औं ओभरमा बोल्ड गरिन् । सिताले आउट हुनुअघि २२ बलमा ३ चौका सहित १८ रन जोडिन् । १४औं ओभरमा दीप्ति शर्माले दुई विकेट लिन सफल भइन् । ऊ लिए रुबिना क्षेत्री र कविता जोशीलाई आउट गरेकी थिईन् । रुबिनाले १६ बलमा १५ रन बनाइन् । कविता भने शून्यमै आउट भइन् ।

पूजा महतो पनि २ रन मात्र जोड्न सफल रहिन् । १२ बल खेल्दै उनी १५औं ओभरको अन्तिम बलमा रनआउट भएकी थिइन् । डली भट्ट राधा यादवद्वारा पेभेलियन फर्काइनु अघि ५ रन बनाइन् ।

काजल श्रेष्ठलाई दीप्तिले अन्तिम ओभरमा ३ रन बनाएको अवस्थामा कट एण्ड बोल्ड आउट गरिन् । बिन्दु रावल १७ र सबनम राई १ रनमा अविजित रहे । भारतका लागि दीप्ति शर्माले ३, राधा यादव र अरुणधती रेड्डीले समान २-२ तथा रेणुका सिंहले १ विकेट लिइन् । त्यसअघि दाम्बुलामा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको हो ।

भारतका लागि ओपनर शफाली वर्माले ४८ बलमा १२ चौका र १ छक्का सहित सर्वाधिक ८१ रन बनाइन् । यस्तै अर्की ओपनर दयालन हेमालथाले ४२ बलमा ५ चौका र १ छक्का सहित ४७ रन जोडिन् ।

यस्तै जेमिमाह रोड्रिगेजले १५ बलमा ५ चौका सहित २८ रन बनाउँदै अविजित रहिन् । ऋचा घोष ६ रनमा नटआउट रहिन् । सजीवन सजनाले १० रन बनाएकी थिइन् । नेपालका लागि सिता राना मगरले दुई विकेट लिइन् भने कविता जोशीले एक विकेट लिइन् ।

आजको हारसँगै नेपालले समूह ए मा २ अंक सहित प्रतियोगिता अन्त्य गरेको छ । नेपालले पहिलो खेलमा युएई विरुद्ध ऐतिहासिक जित हासिल गरेको थियो । सो जित नेपालको एशिया कप इतिहासमा एकमात्र जित रहेको छ । नेपालको समूहबाट भारत ६ अंक सहित समूह विजेता बनेको छ । पाकिस्तान ४ अंक सहित समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...