Skip to main content

धनगढी न्यूज

मोहना नदीमा डल्फिन अवलोकनकर्ता बढे

Advertisement

धनगढी, साउन ९ गते । कैलालीका विभिन्न नदीमा देखा पर्ने दुर्लभ डल्फिन अवलोकन गर्न आउने आगन्तुकको सङ्ख्यामा बढोत्तरी हुन थालेको छ । नदीमा देखा परिरहेका डल्फिन अवलोकनका लागि विदेशीसमेतका पर्यटक आउन थालेका छन् ।

डल्फिन अवलोकनका लागि आन्तरिकसहित बाह्य पर्यटक आउन थालेको डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले जनाउनुभयो ।

उहाँका अनुसार विगत वर्ष जस्तो यो वर्ष धेरै डल्फिन अवलोकनकर्ता नआए पनि विस्तारै अब सङ्ख्या बढ्दो क्रममा रहेको छ । “विगत वर्षको तुलनामा यो वर्ष डल्फिन नै ढिलो गरेर देखा परेको हो ।”

उहाँले भन्नुभयो, “डल्फिन ढिलो गरेर देखिएका कारण अवलोकनकर्ता पनि यो वर्ष ढिलै आउने अनुमान गरिएको छ । आउने क्रम बढ्न थालेको छ ।” कर्णाली नदीमा वर्षभरि नै देखा पर्ने दुर्लभ डल्फिन सहायक नदीहरू मोहना, पथरैया, काँढा, कान्द्रामा मनसुन सिजनमा मात्रै देखापर्ने गर्छन् ।

सहायक नदी तथा यी नदीका दोभानमा नजिकबाट दुर्लभ डल्फिन देखिने गरेका कारण स्वदेशीसहित विदेशी पर्यटक डल्फिन हेर्न कैलालीको टीकापुर नगरपालिका र भजनी नगरपालिकाको डल्फिन देखिने क्षेत्रमा अवलोकनका लागि पुग्ने गरेका छन् ।

पूर्वसंविधान सभा सदस्य वीरमान चौधरी, वडाध्यक्षद्वय यज्ञप्रसाद न्यौपाने र पङ्कज चौधरी पनि डल्फिन अवलोकनमा सहभागी हुनुभएको थियो । यो वर्ष २५ देखि ३० को सङ्ख्यामा डल्फिन देखा परिरहेका जनाइएको छ ।

जसमा १० देखि ११ वटासम्म साना बच्चा रहेका छन् । मोहना र पथरैया नदीको दोभानमा मात्रै आठ वटासम्म डल्फिन दैनिक रूपमा देखा परिरहेको जनाइएको छ ।

स्वच्छ पानीमा आहारविहार गर्ने गङ्गेटिक प्रजातिको डल्फिन यहाँका नदीमा मनसुन अवधिभरि बच्चा हुर्काउनका लागि आउने गरेको बताइन्छ । डल्फिनलाई स्थानीयले सोँस भनेर चिन्ने गरेका छन् ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...