धनगढी न्यूज

धनगढीको चर्चमा उपमहानगरपालिकाले डोजर चलाएको छ

धनगढी उपमहानगरपालिका–७ मनेहरामा अस्पताल भन्दै चर्च चलाउने लेट मेइन धनगढी र नेपाल लाइफ वर्ड मिसनले निमार्ण गरेका भवनमा उपमहानगरपालिकाले डोजर चलाइएको छ। उपमहानगरले अवैध रुपमा निमार्ण गरेका संरचनाहरुमा मंगलबार डोजर चलाएर भत्काएको छ। मापदण्ड विपरीत बनाइएको संरचना भत्काएको उपमहानगरपालिकाले जनाएको छ।

त्यस्तै सोमवार ७ नम्बर वडा कार्यालयले लेट मेइन धनगढी प्रालि र नेपाल लाइफ वर्ड मिसनको दर्ता खारेजी गरेको थियो। लेट मेइन धनगढी प्रालिले २०८० साउन २२ गते वडा कार्यालयमा सिपमूलक तालिम तथा परामर्श सेवा सञ्चालन गर्ने प्रयोजन राखी वडा कार्यालयमा व्यवसाय दर्ता गराएको थियो।

त्यस्तै, नेपाल लाइफ वर्ड मिसनले २०८१ बैशाख १६ गते सेमिनार, तालिम आदि सञ्चालन गर्ने प्रयोजनका लागि वडामा व्यवसाय दर्ता गराएको थियो। तर सो जग्गामा दुई करोडको लागतमा दुई तले चर्च निर्माण गरिएको पाइएपछि दर्ता खारेज गरिएको हो। यसअघि सो कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ नियन्त्रणमा लिइसकेको छ

गरिएको हो। यसअघि सो कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ नियन्त्रणमा लिइसकेको छ।

No description available.

No description available.

No description available.

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×