धनगढी न्यूज

गुल्मी: ६५ जना पुरुषद्वारा सम्बन्ध विच्छेद मुद्दा दर्ता

Advertisement

तम्घास,साउन १८ गते । गुल्मीका ६५ जना पुरुषले श्रीमतीसँग सम्बन्ध विच्छेद गरी पाउँ भनी गुल्मी जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् । जस मध्ये ४३ मुद्दा फर्छ्यौट भएको र २२ वटा मुद्दा फर्छ्यौट गर्न बाँकी रहेको अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिनुभयो ।

पन्थीका अनुसार गत आर्थिक वर्षमा अदालतमा ३८३ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा ३१० मुद्दा  फर्छ्यौट भएको र ७३ मुद्दा फर्छ्यौट गर्न बाँकी रहेका छन् ।  पुरुष वादी भएका ६५ मध्ये ४३ र महिला वादी भएका ३१८ मध्ये २६७ मुद्दा  फर्छ्यौट भएका छन् ।

आर्थिक वर्ष २०७९।०८० मा ७३ जना पुरुषले श्रीमतीसँग सम्बन्ध विच्छेद गरी पाउँ भनी मुद्दा दर्ता गराएका थिए  । सम्बन्ध विच्छेद सम्बन्धी परेको कुल ३८२ थान मुद्दाहरू मध्ये ७३ जना पुरुषले श्रीमतीसँग सम्बन्ध विच्छेद गरी पाउँ भनी मुद्दा दर्ता गराएका थिए ।

मुलुकी देवानी संहिता २०७४ अनुसार पुरुषले पनि सोझै अदालतमा गई सम्बन्ध विच्छेद गरी पाउँ भनी मुद्दा दर्ता गर्न सक्ने भएपछि पुरुषले पनि सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराएको पन्थीले बताउनुभयो  ।

विशेष गरी श्रीमान् वैदेशिक रोजगारीमा रहँदा श्रीमतीले आर्थिक हिनामिना गर्ने, आन्तरिक झैझगडा र परपुरुषसँगको सम्बन्धका कारण पुरुषले सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्ने गरेको उहाँको भनाइ छ ।

यस्तै महिलाहरूले पुरुषसँग सम्बन्ध विच्छेद गरी पाउँ भनी  ३०९ थान मुद्दाहरू मध्ये २७२ थान मुद्दाहरू फर्छ्यौट भएको र ३७ थान मुद्दा फर्छ्यौट गर्न बाँकी रहेका  थिए । महिलाहरूले पुरुषसँग सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्नुका कारणहरूमा घरेलु हिंसा , कुटपिट लगायतका कारणहरू रहने गरेको अदालतले जनाएको छ ।

गत आर्थिक वर्ष जिल्ला अदालत गुल्मीमा कुल ६७४ थान मुद्दा रहेकोमा ४८० थान मुद्दा फर्छ्यौट भएको र बाँकी १९४ मुद्दा रहेको अदालतले जनाएको छ ।

अदालतको लक्ष्य  अनुसार वार्षिक रूपमा फैसला गर्नुपर्ने मुद्दाको सङ्ख्या ४५४ मध्ये असार मसान्तसम्म ४८० थान मुद्दा फर्छ्यौट भएकोले लक्ष्य भन्दा २६ मुद्दा बढी फर्छ्यौट भएको सूचना अधिकारी कमल पन्थीले  बताउनुभयो

प्रतिक्रिया

छुटाउनुभयो कि ?

झडप अपडेट : शिक्षक, प्रहरी र पत्रकार गरी ४२ जना घाइते

झडप अपडेट : शिक्षक, प्रहरी र पत्रकार गरी ४२ जना घाइते

काठमाडौँ : काठमाडौँको नयाँ बानेश्वरमा भएको झडपमा शिक्षक, प्रहरी र पत्रकार गरी ४२ जना घाइते भएका छन्।   बिजुलीबजार-न...
काँग्रेस सुदूरपश्चिमका महामन्त्री शाह सवार गाडी भारतमा दुर्घटना

काँग्रेस सुदूरपश्चिमका महामन्त्री शाह सवार गाडी भारतमा दुर्घटना

धनगढी: नेपाली काँग्रेस, सुदूर पश्चिमका महामन्त्री नरनारायण शाह (मनु) सवार गाडी भारतमा दुर्घटना भएको छ। भारतको खिरी जिल्लाको...
महाभूकम्पको १० वर्षमा यस्तो बन्यो काठमाडौं दरबार क्षेत्र

महाभूकम्पको १० वर्षमा यस्तो बन्यो काठमाडौं दरबार क्षेत्र

काठमाडौं : २०७२ साल वैशाख १२ गतेको भूकम्पमा निजी आवास, सरकारी कार्यालय, विद्यालय भवनका साथै थुप्रै पुरातात्विक सम्पदा क्षतिग्रस्त ...
औलोको जोखिममा कञ्चनपुर

औलोको जोखिममा कञ्चनपुर

भारतसँगको खुला सीमानाकाका कारण कञ्चनपुरमा औलोको जोखिमा छ। छिमेकी मुलुक भारतमा औलोको सङ्क्रमण भएर नेपाल आउने बिरामीका कारण कञ्चनपुर...
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×