धनगढी न्यूज

डडेल्धुरामा बार्दलीबाट लड्दा एक जनाको ज्यान गयो

डडेल्धुराः डडेल्धुरामा घरको बार्दलीबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका–८ टाटरका ६५ वर्षीय गगन सार्कीको बार्दलीबाट लडेर मृत्यु भएको हो।

सार्की घरको छानो छाउने क्रममा बार्दलिबाट लडेर बिहीवार गम्भिर घाइते भएका थिए। घाइते सार्कीको उपचारको क्रममा बिहीवारनै डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×