Skip to main content

धनगढी न्यूज

अन्ततः शुक्लाफाँटाबाट बाघको उद्धार सम्पन्न

Advertisement

कञ्चनपुरः कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–२ कमलाशा टोलमा महिलामाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिएर खोरमा राखेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पुगाइएको छ।

निकुञ्जमा पुगेपछि बेहोस् अवस्थामा रहेको बाघलाई खोर बाहिर निकालेर स्वास्थ्य परीक्षणसँगै उपचार पनि गरिएको छ। करिब १२ देखि १४ वर्ष उमेर रहेको वयस्क अवस्थाको भाले बाघको शरीरमा चोट छ।

अगाडिको दायाँ खुट्टाको दुईवटा नंग्रा छैनन्। पछाडिको पनि बायाँ खुट्टामा एउटा नंग्रा छैन। पछाडिको दायाँ खुट्टामा घाउ भएर किरा परेको अवस्था छ।

टोक्ने २ वटा दाँत हल्लिएका छन्। अन्य दाँत पनि खिइएका छन्। घाउ भएको ठाउँमा निकुञ्जका पशु चिकित्सक डा. आभाश श्रेष्ठले उपचार गरेका छन्। त्यसका लागि सुईसँगै औषधि लगाएको उनले बताए। त्यसपछि बाघलाई स्ट्रेचरको सहयोगमा गाडीमा रहेको खोरभित्र हालियो। खोरभित्र हालेपछि होसमा आउने एन्टिडार्टको सुई लगाइयो।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...