धनगढी न्यूज

गेटाबाट लागूऔषध सहित एक युवक पक्राउ

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा नम्बर—५ स्थीत गेटाबाट लागूऔषध सहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका १३ बस्ने २६ वर्षीय अनिल राना रहेका छन् ।

रानालाई हिँडिरहेको अवस्थामा दुई सय मिलिग्राम लागूऔषध खैरो हेरोईन सहित इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले आज दिउँसो पक्राउ गरेको हो ।

उनीमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×