Skip to main content

धनगढी न्यूज

धार्मिक आस्थाका शक्ति केन्द्र बडीमालिका र बुढीनन्दा क्षेत्रको तीर्थयात्रा सुरु

Advertisement

बाजुरा । धार्मिक आस्थाका शक्ति केन्द्र बडीमालिका र बुढीनन्दा क्षेत्रको तीर्थयात्रा सुरु भएको छ ।

प्राकृतिक सुन्दरता र धार्मिक आस्थाका धरोहर मानिएका बडीमालिका र बुढीनन्दामा जनैपूर्णिमाको अघिल्लो दिन पूजा लाग्ने गर्दछ । सोही पूजाका लागि धार्मीक बिहीबारबाट तीर्थयात्रा सुरु भएको छ ।

दुवै शक्ति पीठमा तीन दिन पहिला नै यात्रा प्रारम्भ गर्नुपर्ने धार्मिक मान्यता छ । सयौँको संख्यामा तीर्थयात्राहरु केहीदिन पहिलादेखि नै बडीमालिका, बुढीनन्दा जान थालेपनि औपचारिक यात्रा बिहिबारबाट सुरु गरिएको बडीमालिका नगरपालिकाले जनाएको छ । पालिकाका तर्फबाट औपचारिक रुपमा नै सरकारी टोली बडीमालिका गएको छ ।

नगर उपप्रमुख नन्दाकुमारी थापा नेतृत्वमा टोली बडीमालिका तीर्थयात्रामा प्रस्थान गरेको हो । बडीमालिका नगरपालिकाले केही वर्षयता औपचारिक रुपमा सरकारी टोलीलाई नै बडीमालिका तीर्थ यात्रामा पठाउने गरेको छ । त्यो भन्दा पहिला डोटी र जुम्लाबाट मात्रै सरकारी टोली पूजा सामान सहित बडीमालिका यात्रा जाने गरेको थियो ।

बाजाजागा सहित, फूलमालामा सजिएका जमाराको टोकरी शिरमा राखेर पञ्च कन्या र महिलाहरुले सरकारी टोलीको बिदाइ गरेका हुन् । मार्तडीस्थित मालिका मन्दिरमा पुगेर तिर्थयात्रीको बिदाइ गरेको नगर प्रमुख अमर खड्काले बताउनुभयो । नगर प्रमुख सहित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधी सहीतको टोलीले तिर्थयात्रीको बिदाइ गरेको हो ।

टोली पहिलो दिन सोता पाटन, दोस्रो दिन त्रिवेणी पाटन र तेस्रो दिन बडीमालिका मन्दिर पुग्ने गरि प्रस्थान गरेको हो । बुढीनन्दा नगरपालिकाले पनि सरकारी तिर्थयात्रीको टोलीलाई औपचारिक रुपमा बिदाइ गरेको नगर प्रमुख जनक कुमार बोहराले बताएको छ ।

बाजुराका बडीमालिका र बुढीनन्दालाई धार्मिक शक्ति केन्द्रका रुपमा पुजा पाठ गर्ने गरिएको छ । त्यो बाहेक, जनैपूर्णिमाकै अघिल्लो दिन बाजुराका बढालेक, दुनालेक, डडुल्ली, शम्भुसुनन्दा, जुल्ठ्या सहीतका दर्जनबढी धार्मीक शक्तिकेन्द्रमा पनि एकसाथ पूजा लाग्ने गरेको छ ।

मागेको वर पाइने र मनोकांक्षा पुरा हुने विश्वासका साथ धार्मिक शक्ति केन्द्रमा भक्तजनहरुले पूजा पाठ गर्ने गरेका छन् । दर्शनका लागि बाजुरा, डोटी, अछाम, कालीकोट, जुम्लासहित देशभरिबाट भक्तजनन आउने गरेका छन् भने छिमेकी देश भारतबाट पनि भक्तजनहरु बडीमालिकाको दर्शनका लागि आउने गरेका छन् ।

सत्ययुगमा भगवान शिवले सतीदेवीको शरिरलाई संसार भर घुमाउने क्रममा पर्वत श्रृङ्खलामा शरिरका अंगहरु खसेको र सोही स्थानमा देवीको फेरि अवतार भएको धार्मिक विश्वासका आधारमा पूजापाठ गर्ने गरिएको छ । बाजुराको बडीमालिका, बुढीनन्दा, बडालेख, दुनलेख र सुनन्दालगायत शक्तिपीठहरूमा एकैदिन पूजा लाग्ने गरेको छ । धार्मिक आस्था र विश्वासको आधारमा सबैको महिमा र विश्वास समान खालको भएपनि बडीमालिका र बुढीनन्दा पर्यटन र जडीबुठीको हिसाबले बढी चर्चित छन् ।

बडीमालिका क्षेत्रमा २२ आकर्षक पाटनहरू, खेतीबेती, त्रिवेणी धाम लगायत धार्मिक तथा पर्यटकीय स्थलहरू छन् । धार्मिक पूजा आरधानाका साथै सोही स्थानहरूको अवलोकन गर्न तीर्थयात्रीहरू बडीमालिका आउने गरेका छन् ।

बडीमालिकाको दर्शनपछि मनोकाङ्क्क्षा पूरा हुने अद्भूत दैवी शक्ति भएकाले अधिकांश श्रद्धालु भक्तजनहरू दर्शन गर्न आउने गरेको बडीमालिकाका पुजारी नेत्रप्रसाद प्राध्यायको भनाइ छ । बडीमालिकाले निसन्तानीलाई सन्तान दिने, मागेको पूरा हुने विश्वासका साथ श्रद्धालु भक्तजनहरू बडीमालिकामा घुइँचो लाग्ने गरेको पुजारी पाध्यायले बताए।

बडीमालिका पूजाका लागि डोटीबाट डोल, जुम्लाको चन्दनाथ मन्दिर र कालीकोटबाट सरकारी पूजा टोली बडीमालिका क्षेत्रमा पुगीसकेको छ । बडीमालिकामा परम्परादेखि नेपाल सरकारको नेतृत्व गर्दै बाजुरा जुम्ला, कालीकोट र डोटीबाट सरकारी टोली अनिवार्य उपस्थिति हुनु पर्ने चलन छ ।

धार्मिक र पर्यटकीय क्षेत्रका रूपमा रहेको बुढीनन्दामा विभिन्न ताल, झरना र रमणीय फाँटहरू रहेका छन् । बडीमालिका र बुढीनन्दा दिदीबहिनी भएकाले शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात् भदौ चतुर्दशीका दिन पूजा लाग्ने गरेको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...