Skip to main content

धनगढी न्यूज

कैलाली कञ्चनपुरबाट १० लाख बढीको अवैध सामान बरामद

Advertisement

प्रहरीले कैलाली कञ्चनपुरका छुट्टाछुटै पालिकाबाट १० लाख बढीको अवैध सामान बरामद गरेको छ । शुक्रवार धनगढी उपमहानगरपालिका – १९ पच्चिस घरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य १ लाख ९० हजार बराबरको ट्याक्टरको ब्यरिङ ७१ थान सहित एक भारतीय नागरिक पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत लखिमपुर निनासन का २५ वर्षीय ईरफान खान रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । प्रहरीले उनको साथबाट युपी ३१ ई ९२७३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको जनाएको छ ।

यसैबिच शुक्रबार नै धनगढी उपमहानगरपालिका – ३ ट्राफिक चौराहा र चटकपुर, धनगढी उपमहानगरपालिका – १० घुयाँघाट, धनगढी उपमहानगरपालिका – १२ कम्पनि टोल, धनगढी उपमहानगरपालिका – १८ तुलसिबारी र भजनी नगरपालिका – ७ हिम्मतपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका रु.४ लाख ९१ हजार २५० रुपैयाँ बराबरको सामान बरामद गरिएको छ ।

जसअन्तरगत प्याज, चिनी, सुटपिस, मोजा, कुर्ती, बच्चाको कपडा, कस्मेटिक सामान, ३ वटा बोका, मोटरसाइकल लगायतका सामानहरु रहेको प्रहरीले जनाएको छ ।

यसैबिच भीमदत्त नगरपालिका – ४ भासी र भीमदत्त नगरपालिका – ११ चौकीसत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ३ लाख ४७ हजार १०२ रुपैयाँ बराबरको प्याज, जुत्ता, चप्पल, प्लाष्टिक झिल्ली, पटाका, हाडबेयर, कस्मेटिक, किराना लगायतका सामानहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...