Skip to main content

धनगढी न्यूज

एसपिए कलेजको क्याम्पस उपप्रमुखमा रघुनाथ जोशी नियुक्त

Advertisement

धनगढीस्थित सुदूर पश्चिमाञ्चल क्याम्पसको उप प्रमुख पदमा क्याम्पसमा लामो समयदेखि कार्यरत उप प्राध्यापक रघुनाथ जोशी नियुक्त भएका छन् । विगत ३ वर्षदेखि उप प्रमुख विहिन रहेको क्याम्पसले आजबाट उप प्रमुख पाएको हो ।

आज क्याम्पसको सभाहलमा सम्पूर्ण प्राध्यापक तथा कर्मचारीको उपस्थितिमा आयोजित एक कार्यक्रममा सो नियुक्ति प्रदान गरिएको हो । कार्यक्रममा बधाई मन्तव्य प्रदान गर्दै क्याम्पसका प्रबन्ध निर्देशक सुवास शाहीले सबैले रुचाएका , विगतमा समेत जिम्मेवारी कुशलतापूर्वक निभाएको व्यक्तिलाई सही समयमा क्याम्पस उप प्रमुखमा नियुक्ति गरिएको र निजको नियुक्तिसँगै क्याम्पसले नयाँ उचाइ प्रदान गर्ने कुरामा आफू लगायत क्याम्पस व्यवस्थापन आशावादी रहेको बताउनु भयो ।

कार्यक्रममा बधाई मन्तव्य प्रदान गर्दै पूर्व क्याम्पस प्रमुख बुधराम चौधरीले पनि शिक्षक , कर्मचारी , विद्यार्थी सबैका प्रिय व्यक्तिले क्याम्पसमा आफ्नो अनुभव तथा कौशलले दक्षता प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख योगराज उपाध्यायले आफूले एउटा मिजासिलो , कर्ममा विश्वास गर्ने सहकर्मी पाएको र यसले सिंगो क्याम्पसको उन्नयनमा टेवा पुग्ने बताउनु भयो । क्याम्पसले नव नियुक्त उप प्रमुख जोशीलाई कार्यक्रम प्रमुखको समेत जिम्मेवारी प्रदान गरेको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...