धनगढी न्यूज

KGIST इन्स्टिच्युटका विद्यार्थीहरु अन्तर्राष्ट्रिय पाँचतारे होटलमा इन्टर्नसीप गर्दै

धनगढीस्थित KGIST इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीहरुले अन्तर्राष्ट्रिय रुपमा प्रख्यात पाँचतारे होटलहरुमा तलबी इन्टर्नसीप प्राप्त गरेका छन् । विगत १४ वर्षदेखि होटल व्यवस्थापनका विभिन्न्न कोर्षहरु सञ्चालन गर्दै आइरहेको इन्स्टिच्युटले समय समयमा देश तथा  विदेशका विभिन्न प्रख्यात होटलहरुमा इन्टर्नसीपका लागि विद्यार्थीहरु पठाउँदै आएको इन्स्टिच्युटका एकेडेमिक कोर्डिनेटर विकास सिकेले बताए ।

इन्टर्नसीप कार्यक्रम अन्तर्गत होटल मेरिट (बैंगलोर) , हायात सेन्टिक हेब्बल होटेल (बैंगलोर),रेडिसन ब्लु होटेल (चेन्नई) लगायतका तारे होटलहरुमा विद्यार्थीहरुलाई संलग्न गराईएको सिकेले जनाए ।  यस्ता कार्यक्रमबाट विद्यार्थीको क्षमता विकासमा ठूलो टेवा पुग्ने इन्स्टिच्युटले जनाएको छ ।

यसैविच KGIST इन्स्टिच्युटले यही आउँदो वैशाख ३ गतेबाट एसईई दिएर बसेका विद्याथीहरुका लागि निशुल्क रुपमा अंग्रजी भाषा तथा कम्प्युटरका कक्षाहरु संचालन गर्न लागेको छ ।

विगत १४ वर्षदेखि होटल व्यवस्थापनका विभिन्न कोर्षहरु अध्यापन गर्दै आएको KGIST इन्स्टिच्युटमा आउँदो शैक्षिक सत्रका लागि होटल व्यवस्थापन डिप्लोमाका कक्षाहरुमा भर्ना खुलेको समेत इन्स्टिच्युटले जनाएको छ ।

यस क्षेत्रमा वर्षौदेखि होटल व्यवस्थापनका कक्षाहरु संचालन गर्दै देश तथा विदेशमा आफ्ना विद्यार्थीहरु मार्फत दक्ष जनशक्ति उत्पादन गरेर इन्स्टिच्युटले हस्पिटालिटी शिक्षाको क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×