धनगढी न्यूज

आज देखी सुरु भयो सरकारी खसी बोकाको बिक्री वितरण

काठमाडौँ, २९ असोज । आज देखी काठमाडौँमा खसी बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आज देखि बडा दसैँका लागि खसी बोका र च्याङ्ग्रा बिक्री सुरु गरेको हो ।

मुस्ताङ, पोखरा, धादिङ, मकवानपुर, रसुवा र दाङबाट खरिद गरिएका खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु गर्न लागेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट खसी, बोका र च्याङ्ग्रा बिक्री गरिनेछ।

कम्पनीका अनुसार अहिलेसम्म दुई हजार खसी बोका र एक हजार च्याङ्ग्रा बिक्री गर्ने गरी थापाथलीमा ल्याएको छ । खसी, बोका र च्याङ्ग्रा खरिदका लागि यो वर्ष सरकारले ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्टाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×