धनगढी न्यूज

एक्काइसौँ शताब्दी हँसाइरहेको मान्छे

 

* मिसन अधिकारी

 

तिम्रो जात के हो, मिसन ?

मैले भनेँ- मान्छे ।

तिम्रो धर्म के हो, मिसन ?

मैले भनेँ- मान्छे ।

तिम्रो भगवान् को हो, मिसन ?

मैले भनेँ- मान्छे ।

 

‘मान्छे पनि कहीँ भगवान्

हुन्छ, मूर्ख ?’

यसपटक मैले पनि भनिदिएँ-

‘मान्छे बाहिर कहीँ भगवान्

हुन्छ, मूर्ख ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×