
क्रिकेटमा उदयमान राष्टिय खेलाडी शेर मल्ल S.P.A. कलेजको Brand Ambassador मा नियुक्त भएका छन् । आइतबार कलेजले उनलाई एकवर्षका लागि Ambassador को रूपमा नियुक्त गरेको S.P.A. कलेजका प्रबन्ध निर्देशक सुवास विक्रम शाहीले जानकारी गराए । नेपाल प्रीमियर लिग सिजन दुईमा उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनीलाई च्याम्पियन बनाएका मल्ल प्रतियोगिताका उदयमान खेलाडी घोषित भएका थिए ।
सुदूरपश्चिमबाट उदाएका खेलाडी र भविष्यमा क्रिकेटमा राम्रो गर्न सक्ने सम्भावनालाई हेरेर मल्ललाई कलेजसँग जोडेको निर्देशक शाहीले बताएका छन् । शाहीले खेलाडीलाई खेलसँगसँगै आर्थिक हिसाबमा पनि मजबुत गर्दै जाने उद्देश्यका साथ कलेजले Brand Ambassador नियुक्त गरेको बताएका छन्।
S.P.A. कलेजले आफुलाई गरेको सम्मान र सहयोगको लागि क्रिकेटर शेर मल्लले धन्यवाद व्यक्त गरेका छन् । उनले S.P.A. कलेजले पढाउने काम मात्रै नभइ हामीजस्ता खेलाडीलाई पनि बेलाबेलामा सहयोग गरिरहेको भन्दै यसलाई आगामी दिनमा आफुलाई अझ जिम्मेवार भएर खेल क्षेत्रमा लाग्न प्रेरित गरेको मल्लले बताए।

S.P.A. कलेजले अन्तर्राष्ट्रिय महिला क्रिकेटर कविता कुँवर,क्रिकेटर नारायण जोशीलाई पनि Brand Ambassador बनाइसकेको छ भने SPA कलेजकै स्वामित्व रहेको Bread Box Cafe ले यसैवर्ष अन्तर्राष्ट्रिय क्रिकेटर बिनोद भण्डारीलाई पनि Brand Ambassador नियुक्त गरेको छ ।
शिक्षा र खेलकुदलाई सँगसँगै अगाडी बढाइरहेको कलेजले खेलाडीलाई प्रोत्साहन गर्ने हेतुले आफ्नो क्षेत्रका खेलाडीलाई Brand Ambassador मा नियुक्ति गर्ने गरेको प्रबन्ध निर्देशन सुवास शाहीले बताए ।






