धनगढी न्यूज

जबा

—वैरागी जेठा

  हिँडिरहेछ यात्री 

जबासँगसँगै ।

 चुचुराहरू पग्लिरहेछन् 

गोठालाहरू हिङ पग्लेझैँ 

सभ्यताका एकतारेहरू गीत

 गाउँछन् 

गरल डाँडामा 

अनेकौँ पक्षीहरू 

संवेदनशील पत्रहरू लेख्छन् 

देवल डाँडामा बसेर 

गोर्की ,लुसुन ,देवकोटा र 

पौड्याल 

झल्किन खोज्छन् पाटनहरू 

बेथिति बादल कुँदिरहेछन् 

विस्मित समाचार लिएर 

यात्रीको अनुभूतिमा 

चमेराझैँ झुन्डिएका छन् 

आँत भाँचिएका मान्छेहरू । 

ठाँगे, रामाघाट सुनसान 

बनाएर 

देहरादुन सरेको छ बसाइँ ।

  मानसरोवर तक्लाखार , 

जामुकुईनेहरू 

अलापिरहेछन् स्वर्णिम

 विचारहरू 

चसक्क कोरे काँडाहरूले 

नाग्मको बजारमा । 

राडी,पाखी बेच्न निस्केका 

डल्ले ,भुन्टे ,पुन्टेहरू अझै घर 

फर्केका छैनन् 

जाबेस्वरसँगसँगै 

सुख्खा,ठन्डा, शीतोष्ण 

चलिरहेछ 

पानी छुनै नसकिने ओ हो ! 

नागराजको पतनसँगै 

 जीवनहरू रूखो रूखो 

भएछन् 

यहाँका वस्तिहरूमा । 

डिट्ठा ,काजी ,जिम्वाल र 

कटुवाल छैनन् 

यति बेला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×