काठमाडौँ : भ्रष्टाचारको छानबिन र कारबाही माग गर्दै राप्रपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएको छ।

अख्तियार प्रमुखलाई सम्बोधन गरिएको उक्त पत्रमा पार्टी अध्यक्ष राजेन्द्र लिड्देनको हस्ताक्षर छ।

“नेपालमा भ्रष्टाचार महामारीको रूपमा फैलिँदै गएको छ। आयोगको वार्षिक प्रतिवेदनअनुसार मात्र पनि भ्रष्टाचारको उजुरी, मुद्दाको संख्या र दावी रकम बढ्दै गएको अवस्थाले यसको पुष्टि हुन्छ”‚ राप्रपाले उल्लेख गरेको छ। थाहा खबर बाट साभार







