धनगढी न्यूज

राजमो नेतृ दुर्गा पौडेलाई दोस्रो स्टेजको डेंगु

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलाई दोस्रो स्टेजको डेंगुले आक्रमण गरेको छ ।

केही दिनअघि राजनीतिक कामले प्युठान जानुभएका पौडेलले बिसन्चो महसुस गरेपछि काठमाडौँ फर्कनुभएको थियो । उच्च ज्वरो आएपछि पौडेल भदौ २९ गते ह्याम्स अस्पताल भर्ना हुनुभएको थियो ।

 अस्पताल भर्ना भएकी नेतृ पौडेललाई निरन्तर रूपमा प्लाज्मा चढाइँदै छ । नेतृ पौडेलको ओ पोजेटिभ रगत रहेको र आज पनि घनश्याम न्यौपाने, भीष्म जोशी, विष्णु बेल्बासे र किरण पाण्डेले रक्तदान गर्नु भएको थियो । हिजो नेतृ पौडेलको प्लेटलेस छत्तीस हजार रहे पनि आज घटेर चौबिस हजार पुगेको अवस्था छ । वहाँलाई निरन्तर रूपमा फलो गरिरहनु भएका हेम्स अस्पतालका डा.कुमार खड्काका अनुसार डेंगुुले प्लेटलेस घटबढ भइरहे पनि चिन्ता गर्नु नपर्ने बताउनु भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×