धनगढी न्यूज

अत्तरियामा रुखमा झुण्डिएको अवस्थामा भेटिइन एक महिला

अत्तरिया – कैलालीको अत्तरियामा रुखमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । मंगलबार बिहान गोदावरी नगरपालिका – २ दुर्गालक्ष्मी महिला सामुदायिक वनमा रहेको रुखमा झुण्डिएको अवस्थामा कञ्चनपुरको भीमदत्त नगरपालिका – २ की मानमती भट्टको शव फेला परेको हो ।

उनको अग्लो रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताए ।

उनले महेन्द्रनगरबाट आफन्तकोमा अत्तरियामा आएको जानकारी प्राप्त भएपनि थप विवरण नखुलेको बताए । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×