धनगढी न्यूज

आज देखी काठमाडौँमा ‘पिएचडी फेस्टिभल’ हुँदै

काठमाडौँ, २२ असोज । आज देखी काठमाडौँमा पिएचडी (बिद्याबारिधी) फेस्टिभल सुरु हुने भएको छ ।

आज असोज २२ देखी २३ गतेसम्म हुने पिएचडी फेस्टिभलको आयोजना त्रिभुवन विश्वविद्यालयले गरेको हो ।

त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले आयोजना गरेको सो फेस्टिभलमा सयौँ बिद्याबारिधी उपाधि प्राप्त डाक्टरहरूको उपस्थिति रहने जनाइएको छ ।

पहिलो पटक केन्द्रीय विभाग कीर्तिपुरमा हुने दुई दिन फेस्टिभलमा पिएचडी अध्ययनरत शोधकर्ताले प्रस्तुति दिनेछन् । सो अवसरमा विषय विज्ञहरूले आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्ने तथा एक अर्कालाई अनुभव सुनाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×