धनगढी न्यूज

इजरायलबाट २५४ विद्यार्थी आज नेपाल ल्याइँदै

 

काठमाडौँ, २५ असोज । इजरायलबाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका छन् ।

प्यालेस्टाइनी अतिवादी समूह हमासले गरेको आक्रमण पछि युद्धरत रहेको इजरायलबाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका हुन ।

इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज गए राति त्यसतर्फ प्रस्थान गरेको थियो, आज इजरायलबाट नेपाली विद्यार्थीसहित युद्धमा घाइतेहरूलाई नेपाल ल्याउँदै छ ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपालीहरूलाई लिन गएको विमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । मन्त्रालयका अनुसार पहिलो चरणमा २५४ जना विद्यार्थीलाई नेपाल ल्याउन लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×