दुई दिन चलेको जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३३ पुगेको छ।

धनगढी।दुई दिन चलेको जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३३ पुगेको छ।प्रदर्शनको पहिलो दिन सोमबार १९ जनाको मृत्यु भएको थियो भने मंगलबार यो संख्या ३० पुगेको थियो।

बुधबार पोखरा र ललितपुरमा जलेर मृत भेटिएका तीन शव थपिएका छन्।पोखराको लेकसाइडस्थित एक रिसोर्ट र नयाँबजारको एक सोरुममा दुई, र ललितपुर ढोलाहिटीमा गंगा दाहालको घरभित्र एक।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका अस्पतालमा १,०६१ जना घाइते भर्ना भएका छन्, जसमा ७१९ जना डिस्चार्ज भइसकेका छन्।धनगढी खबर बाट साभार






