धनगढी न्यूज

समझदारीका लागि हामी प्रयासरत छौं- प्रदीप पौडैल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले समझदारीका प्रयासरत रहेको बताएका छन्।

विशेष महाधिवेशन पक्षबाट संवाद टोली सदस्य रहेका पौडेलले अहिलेसम्म समझदारी नबनेको तर प्रयास जारी रहेको बताएका हुन्।

‘हामी विधानको सर्वोच्चता कायम राख्न र पार्टी एकताबद्ध  बनाउन आफ्नो तर्फबाट प्रयासरत छौं।अर्को पक्षबाट थप छलफलमा बस्ने भन्ने कुराको समय निश्चित भइसकेको छैन,’ उनले भने।

पौडेलले वार्तासँगै निर्वाचन प्रक्रिया पनि जारी रहने बताए। ‍’नीति र नेतृत्व दुवै परिवर्तनको आवश्यकता छ, अहिले त्यो हुनुपर्छ,’ उनले भने।

निर्वाचन कार्यक्रम अन्तर्गत बुधबार मनोनयन दर्ताका लागि समय थप गरी बिहान सवा ८ बजेदेखि सवा ९ बजेसम्म राखिएको छ।

यसबिच सभापति शेरबहादुर देउवाले दुई महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मालाई भेट्न लागेका छन्।

उनीहरूलाई बुधबार बिहानै भेटका लागि बोलाइएको देउवा निकट एक नेताले जानकारी दिए।

सहमति गर्ने प्रयत्नकै लागि बुधबार बिहान ८ बजे बोलाइएको केन्द्रीय समिति बैठक सुरू भएको छैन।सेतोपाटी बाट साभार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×