धनगढी न्यूज

अछामका समीर `सुदूरपश्चिम सिङ्गिङ स्टार´ को फाइनलमा

सफल गायक बन्ने सपना बुनेर अछामबाट धनगढी हानिएका समिर परियार `सुदूरपश्चिम सिङ्गिङ स्टार´ को फाइनलिस्ट बनेका छन् ।

समिर २५१ जनालाई उछिन्दै सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा विगत चार महिनादेखी चलिरहेको चर्चित गायन ‘रियालिटि शो’ `सुदूरपश्चिम सिङ्गिङ स्टार´ को फाइनलिस्ट बनेका हुन् । ‘रियालिटि शो’ गत असोज १२ गतेदेखी चलिरहेको छ ।

`ड्रिम्स इन्टरटेनमेन्ट प्रिजेन्ट´ ले आयोजना गरेको सिङ्गिङ एन्ड डान्सिङ स्टार को प्रतियोगिताको गायन तर्फ अछाम लुङ्ग्राका समीरले सेमिफाइनल पार गर्दै फाइनल राउन्डमा पुगेका हुन् ।

मिठो र बुलन्द आवाजमा गीत गाउन सक्ने भर्सटायल आवाज भएका समीर अछामको लुङ्ग्रामा जन्मिएका पछिल्लो युवा पुस्ताका चर्चित गायक हुन् । उनी विगत केही बर्षदेखी धनगढीमा सांगितिक क्षेत्रमा संघर्ष गरिरहेका छ्न् । धनगढीमा विभिन्न दोहोरी साझहरुमा लाईभ म्यूजिक गायनमा समेत उनको अनुभव रहेको छ ।

उनले फाइनल राउन्डमा भोटिङ गरेर आफूलाई विजयी गराइदिन सबै गीत सङ्गीत प्रेमी लगायत सम्पूर्णलाई विनम्रताका साथ अनुरोध गरेका छन् ।

Voting Code: 511

नोट: भोट गर्दा Ramarks मा SSDS TYPE गरी 511लेख्नु होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×