धनगढी न्यूज

अबरुद्ध वीपी राजमार्ग सुचारु, अवस्था बुझेरमात्र यात्रा गर्न प्रशासनको आग्रह

काभ्रेपलाञ्चोकः अविरल वर्षासँगै रोशी खोला बढ्दा अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ। रोशी खोलामा पानीको बहाव कम भएको र बगाएको स्थानको सडक मर्मत गरेपश्चात सवारी साधन पुनः सञ्चालनमा आएका हुन्।

सवारी साधन सञ्चालन गरिएपनि वर्षा हुने सम्भावना कायमै भएकोले सावधानीपूर्वक यात्रा गर्न र राजमार्गको अवस्था बुझेरमात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अनुरोध गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा पर्ने रोशी गाउँपालिकाको चारसयबेशी, गिम्दी, दाउन्ने र कालढुङ्गामा बनाइएको अस्थायी डाइभर्सन रोशी खोलाले बगाएको र उक्त स्थानमा सडक विभाग र स्थानीय तहसँगको समन्वयमा सडक खुलाइएको जनाएको छ।

राजमार्ग अवरुद्ध भएसँगै काभ्रेखण्डको सवारी साधनहरुलाई धुलिखेल, भकुण्डे र कटुन्जेमा होल्ड गरिएको थियो भने सिन्धुली खण्ड भएर आउने सवारी साधनहरुलाई प्रहरी चौकी दुम्जा र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको चेकपोष्टमा होल्ड गरिएको थियो।थाहाखबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×