धनगढी न्यूज

अमेरिकाबाट निकालिएका नेपाली बोकेर आइपुग्‍यो जहाज,तस्वीरहरू

काठमाडौं : अमेरिकाबाट निकालिएका नेपालीहरूलाई बोकेर आएको विमान काठमाडौंमा अवतरण भएको छ।
अहिले बिहान करिब १० बजे अवैधानिक नेपाली आप्रवासीहरूलाई लिएर आएको जीआरपी-२३ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।

नेपाल ओर्लिएपछि उनीहरूलाई अमेरिकाले अध्यागमन विभागको जिम्मा लगाउनेछ। नेपाल फर्काइएकामाथि अवैध प्रवेश, गैरकानूनी रूपमा बसोबास र अध्यागमन कानूनविपरीत काम गरेको आरोप छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि निकालिएका २७ नेपालीलाई अमेरिकाले यसअघि विभिन्न समयमा नेपाल ल्याइदिएको अध्यागमन विभागकी सूचना अधिकारी सीता परियारले जानकारी दिइन्, जसमा जनवरीमा ६, फेब्रुअरीमा २० र मार्चमा एक  नेपाली फर्काइएका थिए। थाहा खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×