धनगढी न्यूज

इरान आक्रमणको भोलिपल्ट सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ पुगेको छ। यसअघि १५ फागुनमा सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। दुई दिनको अवधिमा सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ७४ हजार ७ सय ७५ रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। १५ फागुनमा चाँदी प्रतितोला ५ हजार ७ सय ४० रुपैयाँ रहेको थियो। दुई दिनमा चाँदी प्रतितोला २ सय ४५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र मध्यपूर्वमा बढ्दो तनावका कारण बहुमूल्य धातुको मूल्य उकालो लागेको व्यवसायीहरूको भनाइ छ। इजरायल र अमेरिकाले शनिबार इरानमा आक्रमण गरेका थिए । लगत्तै इरानले पनि मध्यपूर्वमा रहेका विभिन्न अमेरिकी वेशहरुमा जवाफी आक्रमण गरेपछि तनाव बढेको छ । रातोपाटी बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×