धनगढी न्यूज

एमालेका सात प्रदेश कमिटीबाट चुनिएका यी हुन् प्रतिनिधि

नेकपा (एमाले) आसन्न ११ औं महाधिवेशनका लागि सातैवटा प्रदेश कमिटीबाट प्रतिनिधि चुनिएका छन्। मंसिर २७, २८, २९ गते हुने महाधिवेशनका लागि सबै प्रदेश कमिटीबाट निर्विरोध प्रतिनिधि चुनिएका हुन्।

सुदूरपश्चिम प्रदेश कमिटीबाट कृष्णप्रसाद जैसी, कालीबहादुर शाही, रणबहादुर चन्द, भगवती बिष्ट र झुमा चौधरी छानिएका छन्। कर्णाली प्रदेशबाट गुलाबजंग शाह, टेकराज पछाइँ, ध्रुवकुमार शाही, पद्मा खड्का र कौसिला खत्री प्रतिनिधि चयन भएका छन्। लुम्बिनी प्रदेशबाट राधाकृष्ण कँडेल, भोजबहादुर श्रेष्ठ, लक्ष्मण आचार्य, लीला राणा र मञ्जु गुरूङ चुनिएका छन्।

यस्तै गण्डकी प्रदेशबाट नवराज शर्मा, धनञ्जय दवाडी, मीनप्रसाद गुरूङ, मन्जु अधिकारी र तारामाया थापा निर्वाचित भएका छन्। बागमती प्रदेशबाट कैलाशप्रसाद ढुंगेल, दावा दोर्जे लामा, नवराज सिलवाल, भक्तकुमारी लामा, गंगादेवी श्रेष्ठ चुनिएकी छन्।

मधेस प्रदेशबाट चण्डेश्वर मण्डल, विचारी शाह, मनोज पौडेल, आरती भण्डारी र बीना शर्मा निर्वाचित भएका छन् भने कोशी प्रदेशबाट घनश्याम खतिवडा, टीकाकाराम चेम्जोङ, राजकुमार भण्डारी, जलवर्षा राजबंशी, सिर्जना राई निर्वाचित भएर आएका छन्।सेतोपाटी बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×