धनगढी न्यूज

एरिष्टो मा.वि. मा अब कक्षा ११ सुरु , सात प्रकारका छात्रवृत्ति योजना

धनगढी–८ क्याम्पस रोडमा रहेको एरिष्टो माध्यमिक विद्यालयले शैक्षिक २०८२ बाट व्यवस्थापन संकायमा कक्षा ११ को पढाइ गर्ने भएको छ। स्कुलले आफ्नै सुविधा सम्पन्न नवनिर्मित विद्यालय भवनमा कक्षा ११ को पढाइ गर्ने भएको हो। विद्यालयले व्यवस्थापन विषयसँगै शैक्षिकसत्र २०८३ बाट विज्ञान विषयको समेत पढाइ सुरू गर्ने प्रधानाध्यापक हरि क्षेत्रीले बताए। उनले विद्यालयले कक्षा ११ र १२ को अध्यापनसँगै विद्यार्थीहरूलाइ विभिन्न छात्रवृत्ति उपलब्ध गराउने समेत जानकारी गराए ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानाध्यापक क्षेत्रीले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई पढ्दै कमाउँदै कार्यक्रममा सहभागी गराउने योजना रहेको बताए। उनले विद्यार्थीहरूको रुचिका आधारमा पढ्दै कमाउने वातावरण सिर्जना गरिने बताए।

कलेज छात्रवृत्ति शिर्षकमा हरेक वर्ष एकरएक जना विद्यार्थीले उक्त छात्रवृत्ति पाउनेछन्। यसैगरी, विद्यालयले राष्ट्र सेवक छात्रवृत्ति शिर्षकमा राष्ट्र सेवक प्रहरी जवानहरूको एक जना विद्यालयमा अध्ययनरत विद्यार्थीलार्य प्रत्येक वर्ष कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति दिइने जनाएको छ। विद्यालयले दुर्गम छात्रवृत्ति शिर्षकमा सुदूरपश्चिमका पहाडी जिल्लामा स्थायी बसोबास रहेका गरिब तथा जेहेन्दार विद्यार्थीलाई समेत छात्रवृत्ति प्रदान गर्ने भएको छ।

छात्रवृत्ति अन्र्तगत कक्षा ८ देखि नै खान, बस्न, पोसाक र कापी किताबसमेत प्रदान गरिने प्रधानाध्यापक क्षेत्रीले बताए। विद्यालयले क्रियाशील पत्रकार मध्ये छनोट भएका पत्रकारका एकजना सन्तानलाई कक्षा १ देखि १२ सम्म पूर्ण छात्रवृत्ति दिने, एकल महिलाका एक जना सन्तानलाई पनि पूर्ण छात्रवृत्ति दिने जनाएको छ भने विद्यालयका शिक्षक तथा कर्मचारीका एक÷एक जना सन्तानलाई पूर्ण छात्रवृत्ति दिँदै आएको जनाएको छ।

विद्यालयले सरकारी नियमअनुसार दिनुपर्ने छात्रवृत्तिका अतिरिक्त थप उल्लिखित छात्रवृत्ति दिइने विद्यालयले जनाएको छ। एरिष्टो स्कुलले शिक्षक कर्मचारीहरूलाई पाँच लाखको बिमा सुबिधा दिनुका साथै आगामी आर्थिक वर्षबाट शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोष र सञ्चयकोषको व्यवस्था गरिने प्रधानाध्यापक क्षेत्रीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×