धनगढी न्यूज

एसपिएकी अनुजाको ४ वर्षे ‘टपर’ यात्रा

धनगढीस्थित सुदूरपश्चिमाञ्चल क्याम्पसमा बिआइएम अध्ययन गरेकी अनुजा आचार्यले लगातार हरेक आठ ओटै सेमेष्टरको बोर्ड परीक्षामा उत्कृष्ट नतिजा ल्याउँदै सुदूर पश्चिम टप गरेकी छिन् ।

कक्षा ११/१२ मा व्यवस्थापनको पढाइ पश्चात् उनले सोही क्याम्पसमा त्रि.वि.अन्तर्गतको बिआइएम कोर्ष रोजिन् । हाल माइ सेकेन्ड टिचर अन्तर्गत MST Associate पदमामा जागिर गरिरहेकी उनी आफ्नो सफलताको श्रेय आफ्नो मिहेनेतका साथसाथै क्याम्पसको शैक्षिक व्यवस्थापन , बिआइएम अन्तर्गत हुने विविध कार्यकलापलाई दिन्छिन् ।

May be an image of text that says 'SPA SUDUR PASCHIMANCHAL CAMPUS CAMPUS Mamiswbedy LEADING the way to a SMART FUTURE Free CMAT Class for BIM & BHM SPA 告 H Class will Commence: 4th Shrawan 2082 Secure your spot! Pre-register now for exclusive updates. BIM (HOD) Dharma Raj Bhatta: 9858420004 Scan BHM (HOD): Ravindra Pariyar: 9851362192 K egastracion 33 Quota only 1or BIM & BHM ONLY COLLEGE IN SUDURPASCHIM TO OFFER BHM & BIM UNDER tu Santoshitole, Dhangadhi, Kailali 091-520392, 523192, 525785 info@spacampus.edu.np spacampus.edu.np'

आफूले प्लस टु तथा स्नातक गरी जम्मा ६ वर्ष एसपिए कलेजमा बिताएको र त्यहाँबाट आर्जन गरेको ज्ञान र सीप अहिले प्रयोग गरिरहेको उनी बताउछिन् । बिआइएम कोर्षमा भएको व्यवस्थापन तथा आइटीको समिश्रण भएको पाठ्यक्रम अहिलेको बजारमा आफूलाई अब्बल सावित गर्न उचित भएको अनुजाको अनुभव छ । एसपिए कलेजमा एक फरक शैक्षिक वातावरण , सहयोगी शिक्षकवर्ग एवम् परियोजनामा आधारित शिक्षणसिकाइ रहेको उनी बताउँछिन् । अझै राम्रो अवसर बिआइएम सातौँ र आठौँ सेमेष्टरमा गरिने इन्टर्नसीपबाट पाइने अनुजाको अनुभव छ । आफूले पनि यही इन्टर्नसीपको माध्यमबाट ठुलो संस्थामा अवसर पाएर हाल सोही संस्थामा कर्मचारीको रुपमा कार्यरत रहेको उनले जानकारी गराइन् ।

आफूले पढिरहेको विषय तथा क्षेत्रमा निरन्तरता दिदै मेहेनत गरेमा सफलताको नजिक पुगिने उनको अनुभव छ । कक्षाकोठा तथा क्याम्पसमा बनेको जगलाई आफ्नो मिहेनत , अनुशासन तथा सुषुप्त क्षमताको यथेष्ट प्रयोग गरेमा अघि बढ्न सहज हुने सुझाव अनुजा सबै विद्यार्थीलाई दिन चाहन्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×