
विगत २३ वर्षदेखि सुदूर पश्चिमाञ्चल क्याम्पसमा कार्यरत प्रकाश बहादुर बलायरको सह-सचिव पदमा बढुवा भएको छ । क्याम्पस व्यवस्थापन समितिको निर्णय अनुसार बलायरलाई उप-सचिव पदबाट सह-सचिव पदमा बढुवा गरिएको जनाइएको छ । यही माघ १ गतेबाट लागु हुने गरि उक्त निर्णय गरिएको हो ।
आज आयोजित कार्यक्रममा बलायरलाई नियुक्ति पत्रसहित बधाई ज्ञापन गर्दै सुदूर पश्चिमाञ्चल क्याम्पसका क्याम्पस प्रमुख बुद्धराम चौधरीले शैक्षिक तथा प्रशासनिक दक्षताका आधारमा गरिने यस किमिमका बढुवाले शिक्षक तथा कर्मचारीको मनोबलमा थप उर्जाको विकास हुने बताउनु भयो ।

प्रशासनिक दक्षतामा अब्बल मानिएका बलायरले क्याम्पस व्यवस्थापन समितिले आफ्नो योगदानको कदर गर्दै गरेको यस निर्णयप्रति हृदयदेखि नै आभारी रहेको तथा आगामी दिनहरुमा आफ्नो अनुभव तथा प्रशासनिक दक्षता मार्फत समग्र क्याम्पसको उन्नयनमा लागिपर्ने बताए ।
कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख रघुनाथ जोशी , बिआइएम कार्यक्रम निर्देशक धर्मराज भट्ट , मा.वि. संयोजक रमेश प्रसाद जोशी , परिक्षा संयोजक टंक प्रसाद जोशी लगायत प्राध्यापक तथा कर्मचारीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित प्राध्यापक तथा कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत बलायरलाई टिका लगाई बधाई ज्ञापन तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।






