धनगढी न्यूज

एस.पी.ए कलेजका क्याम्पस प्रमुख योगराज ‘एजुकेसन लिडर अवार्ड २०२४ बाट पुरस्कृत

धनगढी : धनगढी स्थित सुदूर पश्चिमाञ्चल एकेडेमी, एस.पी.ए कलेका क्याम्पस प्रमुख योगराज उपाध्याय (गौतम) ‘एजुकेसन अर्वाड २०२४’ बाट पुरस्कृत भएका छन् । आइतबार काठमाडौँमा सम्पन्न एक समारोहका बिच सक्सेस मिडिया र यात्रा प्लस संस्थाले एस.पी.ए. का क्याम्पस प्रमुखलाई पुरस्कृत गरेको हो ।

सक्सेस मिडिया र यात्रा प्लसको आयोजनामा सम्पन्न उक्त अर्वाड सेरीमनीमा हाल एस.पी.ए कलेजको क्याम्पस प्रमुखको भूमिका निर्वाह गर्दै शैक्षिक विकासमा अहम् भूमिका खेलेको, युग सुहाउँदो र प्रविधि मैत्री शिक्षा आजको आवश्यकतालाई मध्यनजर गर्दै कलेजमा एन.एम.एस.टी प्रविधि अङ्गाल्दै द्रुत प्रयोग लगायतका विभिन्न सकारात्मक सामाजिक कार्यक्रमहरू मार्फत आम जनमानसमा प्रविधि मैत्री एवं गुणस्तरीय शिक्षाको आवश्यकता बारे सचेतना फैलाउने जस्ता प्रशंसनीय कार्यहरू गरेको भन्दै उपाध्यायलाई ‘एजुकेसन लिडर अवार्ड २०२४’ बाट पुरस्कृत गरिएको सक्सेस मिडिया इभेन्ट, ट्रेनिङ एन्ड प्रोडक्सनले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरी र यात्रा प्लस कि अध्यक्ष तथा मोडेल अनुजा आचार्यले देशका विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुलाई संयुक्त रुपमा एचिभर्स अवार्डले सम्मान गरेका थिए ।

आयोजक संस्था सक्सेस मिडिया र यात्रा प्लस प्रति आभार प्रकट गर्दै उक्त अवार्ड प्राप्तिले आफूलाई निकै खुसी लागेको र आगामी दिनमा शैक्षिक विकासको निम्ति थप सशक्त ढङ्गले उजार्शिल भएर लाग्न प्रेरणा मिलेको क्याम्पस प्रमुख उपाध्यायको भनाई छ ।

यस्तै, यस अवसरमा क्याम्पस प्रमुख उपाध्यायको सबल शैक्षिक नेतृत्वको प्रशंसा गर्दै क्याम्पस प्रशासनले अवार्ड प्राप्तिको लागि बधाई सहित उज्ज्वल भविष्यको कामना गरेको छ ।

उपाध्याय सँगै शिक्षा क्षेत्रबाट नारायणभक्त श्रेष्ठ, नबिन चौहान, हरीसिंह के सी, लक्ष्मण पोखरेल,   महेश अधिकारी, कुमुद भट्ट, सुन्दर पान्डे लगायतले अचिभर्स अवार्ड प्राप्त गरेका छन् ।

पर्यटन व्यवसायी अन्जन थापा, स्त्री क्यान्सर रोग बिशेषज्ञ डा. सृस्टी श्रेष्ठ प्रजापती,  पत्रकार ऋषि धमला, शिक्षाबिद सन्दिप श्रेष्ठ, युवा ब्यबसायी सन्तोष ताम्राकार, नायक सौगात मल्ल, पूर्व मिस नेपाल इशानी श्रेष्ठ, गायिका सुनिता दुलाल, कलाकार जितु नेपाल, ब्यबसायी तथा समाजसेवी बाबुकाजी श्रेष्ठ,  खेलाडी मन्देकाजी श्रेष्ठ, उल्लेन्स स्कुलका पृन्सिपल मेदिन लामिछाने, मोडेल तथा नायिका निती शाह अचिभर्स अवार्डले सम्मानित भएका छन् । भने पर्यटन ब्यबसायी आङ छिरिङ शेर्पालाई लाईफटाइम अचिभमेन्ट अवार्डले  सम्मानित गरिएको थियो ।

उक्त कार्यक्रममा अनिल केशरी शाह, अन्शराज बर्मा, बिशालपुरुष ढकाल, राजन कोईराला, प्रेम राइ परिक्षित, राजेन्द्र गिरि, राजेन्द्र नेउपाने, हिरालाल गौतम,  ज्ञानेन्द्रलाल प्रधान, सुधिर अग्रवाल समेत सम्मानित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×