धनगढी न्यूज

कैलालीमा बस दुर्घटना हुँदा चालकको मृत्यु

धनगढीः कैलालीमा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। हिजो (सोमबार) बझाङको दुर्गाथली गाउँपालिका–५ भलान्याका २५ वर्षीय मोहन जप्रेलको बस दुर्घटनामा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाका अनुसार गोदावरी नगरपालिका–४ वनदेवी नजिकै सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३२२८ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा बस चालक नै घाइते भएका थिए। घाइते चालकको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी थापाले बताए।दिनेश खबर बाट शाभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×