धनगढी न्यूज

कैलालीमा १७ वर्षीया किशोरीको चक्कु प्रहार गरी हत्या

धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिकामा एक सेकुवा कर्नरमा कार्यरत १७ वर्षीया किशोरीको चक्कु प्रहार गरी हत्या गरिएको छ। बर्दगोरिया गाउँपालिका–१ स्थित ’राजधानी सेकुवा एण्ड म:म सेन्टर’मा कार्यरत सोही गाउँपालिका–३ की याचना सेजवालको हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार, शनिबार बिहान करिब १० बजेतिर सेजवालमाथि सोही सेकुवा सेन्टरमा काम गर्ने बर्दगोरिया–१ का ३३ वर्षीय नृप साउदले चक्कु प्रहार गरेका थिए।

चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सेजवाललाई उपचारका लागि तत्काल धनगढीको निसर्ग हस्पिटलमा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी सिंहले जानकारी दिए।

उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा लगिने तयारी भइरहेको छ। प्रहरीले चक्कु प्रहार गर्ने साउदलाई नियन्त्रणमा लिएको छ।

प्रारम्भिक अनुसन्धानमा दुवैजना सोही होटलमा काम गर्ने गरेको खुलेको छ। हत्याको कारणबारे भने अझै खुल्न सकेको छैन र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रातो पाटी बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×