धनगढी न्यूज

कैलाली कारागारमा सुरक्षाकर्मीको टोली हतियारसहित प्रवेश

कैदीबन्दीको नियन्त्रणमा रहेको कैलाली कारागारमा सुरक्षाकर्मीको टोली हतियारसहित प्रवेश गरेको छ

कैलाली । कैदीबन्दीको नियन्त्रणमा रहेको कैलाली कारागारमा सुरक्षाकर्मीको टोली हतियारसहित प्रवेश गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित मानव अधिकार आयोगको टोली पनि कारागार प्रवेश गरेको छ ।

प्रशासन स्रोतका अनुसार, अहिले मानव अधिकार आयोगको टोलीले काम गरिरहेको छ । “मानव अधिकारको टोलीले काम गरिरहेको छ । प्रहरी त्यहाँको सुरक्षाका लागि हतियारसहित गएको हो,” ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले अहिले कारगारको अवस्था सामान्य बनेको जानकारी दिए ।

शुक्रबार भएको हिंसात्मक घटनापछि प्रहरीले कारागारभित्र प्रवेश गर्न सकेको थिएन । ब्लक ‘ए’का कैदीबन्दीले भित्ता फुटाएर ब्लक ‘बी’का कैदीबन्दीमाथि आक्रमण गरेका थिए । आक्रमणबाट धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको छ । अन्य ४९ जना घाइते भएका छन् । घटनापछि कैदीबन्दीले भित्रबाट ताला लगाएर थुनुवा कक्ष नियन्त्रणमा लिएका थिए ।धनगढी खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×