धनगढी न्यूज

कैलाली जनपुस्तकालयद्धारा अन्तर मा. वि. वक्तृत्व प्रतियोगिता सम्पन्न

कैलाली जनपुस्तकालयले आफ्नो ६८ औं वार्शिकोत्सव अवसर पारेर आज माघ १६ गते अन्तर मा. वि. वक्तृत्व प्रतियोगिता आयोजना गरेको छ । वक्तृत्व प्रतियोगिताको शिर्षक ” सहिदको सपना र रास्ट्र निर्माणमा जेन्जी पुस्ताको भूमिका ” रहेको थियो ।

धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाका चौध ओटा बिद्यालयहरु सहभागी रहेको प्रतियोगितामा सुदूरपश्चिमान्चल एकेडेमीका निकिता अवस्थी प्रथम, एरिस्टो इङ्लिस बोर्डिङ स्कुलका प्रतिभा जोशी द्वितीय, कैलाली बिद्या निकेतनका दीक्षा जोशी  तृतीय भएका थिए ।  प्रतियोगितामा  शारदा मा. वि. का जगन्नाथ जोशीले सान्त्वना स्थान ल्याउन सफल हुनुभएको थियो ।

वक्तृत्व प्रतियोगितामा बिजयी हुने बिद्यार्थीहरुलाइ पुस्तकालयको ६८ औं वार्शिकोत्सव समारोहमा यहि माघ २५ गते आइतबारका दिन  नगद रु क्रमशः प्रथमलाइ रु ५०००/-, द्वितीयलाई रु ३०००/- , तृतीयलाई रु २०००/- र सान्त्वनालाई रु १०००/- र प्रमाणपत्र सहित पुरस्कृत गरिने पुस्तकालयका सचिव सुभाष सङ्कल्प भण्डारीले जानकारी गराउनुभएको छ ।

वक्तृत्व प्रतियोगिताको अध्यक्षता कार्यक्रम सङ्योजक पुस्पराज ओझाले गर्नुभएको थियो भने संचालन साहित्यकार तोयनाथ भट्टले गर्नुभएको थियो । पुस्तकालयका सचिव सुभाष सङ्कल्प भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने अध्यक्ष शिवराज ओझाले धन्यवाद मन्तव्य राख्नुभएको थियो । मन्तव्यको क्रममा अध्यक्ष ओझाले वक्तृत्व प्रतियोगिता सफल बनाउन सहयोग गर्नुहुने साहित्यिक समिती सङ्योजक डिल्ली ओझा, सदस्यहरु शेरसिंह बिस्ट, खेम बतास, तोयनाथ भट्ट,  हेमा जोशी र वक्तृत्व कार्यक्रम सङ्योजक पुस्पराज ओझालाइ धन्यवाद दिनुभएको थियो ।

वक्तृत्व प्रतियोगिताको निर्णायक मण्डलमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयका उपसचिव खगेन्द्र साउँद, कैलाली बहुमुखी क्याम्पसका उपप्राध्यापक बासुदेव बिस्ट र मेलकट्टेश्वर मा. वि. का प्रधानाध्यापक विनोद बहादुर सिंह रहनुभएको थियो ।

सहिद दिवसको अवसरमा विभिन्न कालखण्डमा देशको लागि आफ्नो ज्यान उत्सर्ग गर्ने अमर सहिदहरुप्रती श्रद्धाञ्जली अर्पण गर्दै वीर सहिदहरुको तस्बिरमा माल्यार्पण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×