धनगढी न्यूज

कोइला खानीमा पानी पस्दा ज्यान गयो

आश्विन १८, सिलोङ । भारतको सिलोङस्थित कोइला खानीमा तीन नेपालीको ज्यान गएको छ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका ५ का भुवन घिमिरेसहित पाँचथरका एक र इलामका एक जना गरी तीन युवाले ज्यान गुमाएका हुन् ।

कोइला खानीभित्रै पानी पसेपछि ६ दिनदेखि बेपत्ता उनीहरूको शनिवार शव फेला परेको हो । खानीभित्र पसेको पानी निकालेर ६ दिनपछि उनीहरूको शव फेला पारिएको हो।

उनीहरू कोइला खनिरहेको बेला एक्कासि पानी पसेपछि तीन जना बेपत्ता भएका थिए। खानीभित्रै रहेका भुवनका बुबा भने सकुशल बाहिर निस्कन सफल भएका त्यहाँ कार्यरत नेपालीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×