धनगढी न्यूज

चुनावी प्रचारको केन्द्रमा थारु गाउँ, ‘महटावा’ फकाउँदै उम्मेदवार

२२ माघ, दाङ । घोराही उपमहानगरपालिका–१० जलौराका चन्द्रप्रसाद चौधरी ४८ वर्षदेखि गाउँका महटावा (ककन्दार) हुन् । उनका बाजे विश्राम र बुवा रूपलालपछि उनी तेस्रो पुस्ताका महटावा हुन् । करिब एक सय घरपरिवार रहेको जलौरा गाउँको नेतृत्व तीन पुस्तादेखि एउटै परिवारले गर्दै आएको छ । ‘हामीले राज्यभन्दा पहिलेदेखि गाउँ चलाउँदै आएका हौँ,’ ७८ वर्षीय चन्द्रप्रसाद भन्छन्, ‘तर राज्यले हाम्रो सामाजिक कानुनलाई मान्दैन । अब चुनावमा थारुको भोट थारुको न्यायका लागि प्रयोग हुनुपर्छ ।’

दाङ पश्चिम तराईका पुराना थारु बस्तीमध्ये एक हो । जिल्लामा मात्रै करिब ४५० थारु गाउँ छन् । ती थारु बस्तीहरूमा महटावा, बरघर, भलमन्सा, ककन्डारा र गुरुवाको व्यवस्था सामाजिक शासन प्रणालीकै रूपमा अभ्यास हुँदैआएको छ ।
गाउँभित्रका सामान्य विवाददेखि कुलोपानीको व्यवस्थापन, अंशबण्डा, बिहेबारीका नियम र विकास योजना तय गर्नेसम्मको काम महटावाकै नेतृत्वमा हुनेगर्छ । थारु समुदायभित्र यसलाई ‘गाउँको सरकार’ जस्तो मानिन्छ ।अन्लाईन खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×