
कैलालीको धनगढीस्थित चेतन्य पाठशालाले त्यहाँका एक पूर्व कर्मचारी भरतविक्रम शाहको जेन जी आन्दोलनमा भएको संलग्नताको विषयलाई लिएर समाजिक सञ्जालमार्फत पाठशालालाई जोडेर आएका विभिन्न प्रतिक्रियाहरूप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै सस्थाले चासो, सरोकार र शुभेच्छा व्यक्त गर्ने सम्पूर्णमा हार्दिक आभार व्यक्त समेत गरेको छ ।
संस्थाका प्राचार्य प्रेमनिधि ओझाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ “हामी सबैमा विनम्र अनुरोध गर्न चाहन्छौं कि श्री शाहज्यूको संलग्नता नितान्त व्यक्तिगत विषय हो र वहाँ स्वंयमे मेरो सँस्थासंग संलग्नता नरहेको भनि प्रष्ट पनि पारिसकेको अवस्था छ। त्यसैले उहाँको व्यक्तिगत विषयलाई चैतन्य पाठशालासँग जोडेर व्याख्या नगरिदिनुहुन अनुरोध गर्दछौं।”
पाठशालाले निजको व्यक्तिगत विषयसँग संस्थालाई जोडेर व्याख्या नगरिदिन अनुरोध समेत गरेको छ । विगत केही वर्षदेखि शैक्षिक सेवा प्रदान गर्दै आएको उक्त संस्थाले यसै शैक्षिक सत्रबाट कक्षा ११ मा विज्ञान तथा व्यवस्थापन संकायमा अध्यापन समेत गराउँदै आएको छ ।







