धनगढी न्यूज

धनगढीमा ‘पोटली फुड्स’ सञ्चालनमा

कैलालीको धनगढीमा ‘पोटली फुड्स’ सञ्चालनमा आएको छ । सुदूरपश्चिमका स्थानीय परिकारलाई आधुनिक शैलीमा पस्कन ‘पोटली फुड्स’ सञ्चालनमा ल्याइएको हो । धनगढीस्थित तारानगर क्षेत्रमा यही माघ १ गते बाट पोटलीको सुभारम्भ भएको हो।

‘पोटली फुड्स’ मा कोदो, मकै, फापर लगायतका परम्परागत परिकारलाई विशेष प्राथमिकतामा राखेर सेवा दिइने व्यवस्थापक माधव रोस्याराले बताए । पोटलीमा खाना, नास्ता, चिया, कफीसंगै बार र लाउन्जको पनि व्यवस्था रहेको छ ।

May be an image of text

उपभोक्ताको स्वाद र स्वास्थ्यलाई प्राथमिकता दिँदै यस व्यवसायले कोदो, मकै, फापरजस्ता परिकार र दही, मोहीजस्ता परम्परागत वस्तुहरूलाई विशेष प्राथमिकतामा राखेर सेवा दिनेछ। आधुनिक जीवनशैलीसँग मेल खाने गरी सुदूरपश्चिमको मौलिक खानालाई पुनर्जीवित गर्ने उद्देश्यले पोटली फुड्सले आफ्नो सेवा सुरु गर्दै छ। यहाँ स्थानीय रैथाने परिकारहरू आधुनिक प्रस्तुतिका साथ उपलब्ध गराइनेछ, जसले उपभोक्तालाई स्वाद र स्वास्थ्यको सन्तुलन प्रदान गर्नेछ।

डोटेली भाषाको ‘पोटली’ शब्द खाजा वा नास्ताका लागि प्रयोग गरिन्छ। सुदूरपश्चिमका सांस्कृतिक र भाषिक पहिचानलाई झल्काउन पोटली फुड्सले यो नाम अँगालेको हो। यसले क्षेत्रीय पहिचानसँगै स्थानीय खानाको प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

सुदूरपश्चिमको मौलिक स्वादलाई विश्व स्तरीय बनाउने यो प्रयासले स्थानीय उत्पादन र संस्कृतिको जगेर्ना गर्न योगदान पुर्‍याउने विश्वास गरिएको छ। ‘पोटली फुड्स’ अब धनगढीका स्थानीयहरू र आगन्तुकहरूको लागि नयाँ गन्तव्य बन्ने आशा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×