धनगढी न्यूज

धनगढीस्थित एशियन व्यवस्थापन कलेजको स्वागत कार्यक्रम बर्दियामा सम्पन्न


धनगढीमा अवस्थित एशियन व्यवस्थापन कलेजले पुष२८ गते नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम बर्दियामा सफलतापूर्वक सम्पन्न गरेको छ। कलेज व्यवस्थापन, शिक्षक–शिक्षिका, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।


कार्यक्रम संयोजक राम सिंह साउद ज्यूले स्वागत कार्यक्रमको उद्देश्य नयाँ विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरण, नियम–कानुन तथा गतिविधिबारे जानकारी गराउनु रहेको बताउनुभएको छ। उहाँका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास र कलेजप्रतिको अपनत्व बढाउन सहयोग पुग्ने गर्दछ।


कार्यक्रममा सांस्कृतिक प्रस्तुति तथा परिचयात्मक सत्रसमेत समावेश गरिएको थियो। कलेज प्रशासनले आगामी दिनहरूमा पनि यस्ता शैक्षिक तथा प्रेरणामूलक कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×