धनगढी न्यूज

धनगढी जुनियर जेसीजको १०औं वार्षिक साधारण सभा सम्पन्न, कृष्ण पुजारा अध्यक्षमा निर्वाचित

धनगढी । धनगढी जुनियर जेसीजको १०औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। सभाबाट वर्ष २०२६ का लागि अध्यक्ष पदमा जु जेसी कृष्ण पुजारा निर्वाचित हुनुभएको छ।

सभाबाट चयन भएको नयाँ कार्यसमितिअन्तर्गत कार्यकारिणी उपाध्यक्षमा योगेन्द्र चन्द र दीपा चन्द, महासचिवमा पदम साउद, कानुनी सल्लाहकारमा सन्ध्या सिंह स्नेही तथा कोषाध्यक्षमा अनिश जोशी चयन हुनुभएको छ।

त्यसैगरी उपाध्यक्ष पदमा राम रोकाया, ममता तोलाङ्गी, लक्ष्मण उपाध्याय र सिर्जना विश्वकर्मा निर्वाचित हुनुभएको छ।

May be an image of basketball and text that says 'SPA EOLLIGO PRESENTS 27 YEARS OF ACADEMICEXCELLENCE ACADEMIC EXCELLENCE S.P.A OPEN DAY-NIGHT BASKETBALL Tournament Entry EntryFee: Fee: RS. 12,000/- Winner RS. 2,00,000/- Runner Up RS. 1,00,000/- All-Star Sports Arena, S.P.A College, Dhangadhi 28th Falgun to 30th Falgun Janak Bohara 9865793633 FOR MORE DETAILS: Bhagiram Bakhariya 9848428463 Pravesh Gaihre 9848422438'

नव–निर्वाचित अध्यक्ष पुजाराले संस्थालाई अझ सशक्त, सक्रिय र समाजमुखी बनाउन प्रतिबद्ध रहेको बताउँदै युवा नेतृत्व विकास, सामाजिक सेवा तथा सामुदायिक उत्थानका कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्व, पूर्व अध्यक्षहरू, सदस्य तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नव–निर्वाचित अध्यक्ष पुजारासहित सम्पूर्ण निर्वाचित तथा मनोनीत पदाधिकारीहरूलाई उपस्थित व्यक्तित्वहरुले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×