
कैलाली बहुमुखी क्याम्पसको स्व.वि.यु. निर्वाचनमा सहभागिताको लागि नेपाल विद्यार्थी संघले पहिलो नम्बरमै आफ्नो संगठन दर्ता गरेको छ ।
आसन्न स्व.वि.यु. निर्वाचनका लागि सुदूर पश्चिम विश्वविद्यालयको प्रकाशित कार्यक्रम अनुसार कैलाली बहुमुखी क्याम्पस , स्व.वि.यु. निर्वाचन २०८१, निर्वाचन अधिकृतको कार्यालयद्धारा ११ गते सूचना जारी गरिएको थियो ।
सोही सूचना अनुसार नेविसंघले आफ्नो संगठन दर्ता गरेको संगठन प्रमुख गुरुदेव के.सी.ले जानकारी दिए ।अब छिट्टै उक्त निर्वाचनका लागि नेविसंघले आफ्ना उमेदवार चयन गर्ने समेत उनले बताए ।

आज चैत्र १२ गते दिउँसो ३ बजेसम्म स्व.वि.यु. निर्वाचनका लागि जम्मा ११ वटा संघ सगठन तथा समूह दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कैलाली बहुमुखी क्याम्पस लगायत सु.प. विश्वविद्यालय मातहतका क्याम्पसहरुमा यही चैत्र २७ गते स्व.वि.यु. निर्वाचन हुँदैछ ।






