धनगढी न्यूज

पटक-पटक स्थगित भएको कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ।

यसअघि पटक पटक स्थगित हुँदै आएको केन्द्रीय समिति बैठक बिहीबार दिउँसो २ बजेदेखि सुरू हुने भनिएको छ।

सोमबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको बैठक सारेर आजका लागि तय गरिएको थियो।

असोज २८ गतेदेखि सुरू भएको केन्द्रीय समिति बैठक पटक पटक स्थगित गर्दै सहमति खोज्ने प्रयास भइरहेको छ।

चुनावअघि महाधिवेशन गर्ने कि नगर्ने भन्नेमा नेताहरूबीच मतभेद हुँदा केन्द्रीय समितिले अहिलेसम्म निर्णय लिन सकेको छैन।

सभापति शेरबहादुर देउवा उपचार गरी सिंगापुरबाट फर्किएपछि पार्टीभित्र देखिएको मतभेद समाधान गर्न सक्रियता देखाएका छन्।

सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि अनौपचारिक रूपमा गत शनिबार र आइतबार नेताहरूसँग छलफल गरे पनि सहमति नजुटेपछि सोमबारको केन्द्रीय समिति बैठक नै सारिएको थियो।

सभापति शेरबहादुर देउवानिकट केही पदाधिकारी र केही पूर्व पदाधिकारीहरू चुनावपछि वैशाखमा महाधिवेशन गर्नु उपयुक्त हुनेमा छन्।

तर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन हुन नसके चुनावअघि विशेष महाधिवेशन गरेर जानुपर्ने अडान राखेका छन्।

पार्टीभित्र दुईथरी मत हुँदा सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सर्वसहमतिमा केन्द्रीय समितिबाट निर्णय लिन चुनौती थपिएको छ।सेतोपाटी बाट साभार

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×