काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा उत्रिएका एमालेका केही कार्यकर्ता प्रहरीको लाठी प्रहारबाट घाइते भएका छन्। 
प्रहरीसँग भएको घम्साघम्सीमा लाठी चार्ज हुँदा कार्यकर्ता युवराज ओलीलगायत घाइते भएका छन्।
सिँहदरबारको दक्षिण गेटतर्फ जाने क्रममा लाठीचार्ज भएको बताइएको छ।
सो क्रममा केही गाडी तोडफोड भएको र प्रदर्शनकारीलाई तितरवितर पार्न केही सेल अश्रुग्यस पनि प्रहार भएको थियो। प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गरेका थिए।
केहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।थाहा खबर बाट साभार






