धनगढी न्यूज

बालबालिकालाई हरेक महिना पुष्य नक्षत्र परेको दिन स्वर्ण प्राशन खुवाइने

धनगढी: धनगढीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा स्वर्ण प्राशन उत्पादन हुन थालेको छ।

सुन, मह घ्यू तथा अन्य आयुर्वेदिक औषधीय लवण मिश्रित स्वर्ण प्राशन चिकित्सालयमा कार्यरत चिकित्सकले तयार गर्न थालेका हुन्। काश्यप संहितामा वर्णित विधिअनुसार स्वर्ण प्राशन तयार गरिन्छ। स्वर्ण प्राशन खुवाउँदा बालबालिकाको रोगसँग लड्ने क्षमता बढ्छ। बालबालिकाको र शारीरिक र मानसिक विकासका लागि स्वर्ण प्राशन खुवाउनुपर्ने चिकित्सालयका मेसु रामकामेश्वर ठाकुरले बताए। “काश्यप संहितामा उल्लेख विधि र प्रक्रियाअनुसार स्वर्ण प्राशन तयार गरेर निःशुल्क खुवाउन थालेका छौँ। हरेक महिना पुष्य नक्षत्र परेको दिन पाँच वर्षमुनिका बालबालिकालाई प्रादेशिक आयुर्वेद चिकित्सालयमा स्वर्ण प्राशन खुवाउने छौँ”, मेसु डाक्टर ठाकुरले भने।

स्वर्ण प्राशन बहुउपयोगी औषधी हो भएको डाक्टर ठाकुरले बताएका छन्। बालबालिकामा रोगसँग लड्ने क्षमता बलियो बनाउन स्वर्ण प्राशन खुवाउन लागिएको उनको भनाइ छ। “६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई हरेक महिना पुष्य नक्षत्र परेको दिनमा मात्रै स्वर्ण प्राशन खुवाउनुपर्ने काश्यस संहितामा उल्लेख छ। त्यहीँ अनुसार क्यालेन्डर बनाएर खुवाउने हो,” डाक्टर ठाकुरले भने।

भदौ ५ गते बिहिवार पुष्य नक्षेत्र परेकाले बालबालिकालाई स्वर्ण प्राशन खुवाइएको थियो। असोज महिनाको २ गते पनि पुष्य नक्षत्र परेकाले त्यो दिन पनि आयुर्वेदिक चिकित्सालयमा स्वर्ण प्राशन खुवाइने छ। स्वर्ण प्राशनको पाँच मात्रा खुवाउनु पर्ने, यसले कुनै हानी नोक्सानी नहुने र स्वर्ण प्राशन अनिवार्य खुवाउन मेसु ठाकुरले आग्रह गरेका छन्।

प्रादेशिक आयुर्वेदिक चिकित्सालयहरू मार्फत बालबालिकालाई निर्धारित उमेर समूहअनुसार स्वर्ण विन्दु खुवाइनेछ। पूर्वीय आयुर्वेद चिकित्सा पद्धतिअनुसार तयार गरिएको स्वर्ण विन्दु प्राशनले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा शारीरिक र मानसिक विकास राम्रोसँग हुने दाबी गरिएको छ।दिनेश खबर बाट साभार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×