धनगढी न्यूज

मधेसमा नयाँ मुख्यमन्त्रीका लागि आह्वान

मधेस प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्ति गर्न आह्वान भएको छ।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज मुख्यमन्त्रीका लागि आह्वान गरेका हुन्।

मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट दिएको राजीनामा स्वीकृत भएकोले नयाँ मुख्यमन्त्रीका लागि आह्वान भएको हो।

संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरूबाट बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मंसिर १९ गते शुक्रबार अपराह्न ५ बजेभित्र दाबी पेस गर्न आह्वान भएको हो।

यसअघिका मुख्यमन्त्री यादव संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनले आज पदबाट राजीनामा दिएका थिए।सेतोपाटी बाट साभार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×