धनगढी न्यूज

सु.प.क्याम्पस विद्यार्थी परिषदले धनगढीमा क्याम्पसस्तरिय भलिबल प्रतियोगिता आयोजना गर्दै

कैलालीको धनगढीमा क्याम्पसस्तरिय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । “स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ यही माघ २२ गतेदेखि २५ गतेसम्म उक्त खेल प्रतियोगिता आयोजना हुन लागेको हो । सुदूरपश्चिममै गर्विलो इतिहास बोक्न सफल अग्रणी शैक्षिक संस्था सुदूरपश्चिमाञ्चल क्याम्पसमा सु.प.क्याम्पस विद्यार्थी परिषदको आयोजनामा हुन गइरहेको प्रतियोगिता २०८१ को चौथो संकरणमा सम्पुर्ण क्याम्पसहरुलाई टिम दर्ता गरि सहभागिता जनाउन परिषदले अनुरोध समेत गरेको छ ।

सहभागी हुनका लागि टिम दर्ता मिति माघ २० सम्म तथा दर्ता शु्ल्क रु. ९ हजार तोकिएको परिषदका सदस्य तथा भलिबल खेल संयोजक योगेन्द्र चन्दले बताए । सुदूरपश्चिमाञ्चल क्याम्पसको नवनिर्मित अत्याधुनिक खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा विगतका वर्षझैँ उल्लेख्य सहभागिता रहनेमा आफू विश्वस्त रहेको परिषदका अध्यक्ष कृष्ण पुजाराले बताएका छन् ।

ठुलो धनराशिको उक्त प्रतियोगिता अन्तर्गत प्रथम पुरस्कार नगद रु. १ लाख १ हजार १ सय पाँच रुपैयाँ , द्धितिय पुरस्कार रु. ५० हजार ५ सय पच्पन्न तथा तृतिय पुरस्कार रु. २५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । बिहान ८ बजे देखि १२ तथा दिउँसो २ बजेबाट ५ बजेसम्म गरी दुई चरणमा खेलहरु आयोजना गरिने खेल संयोजक चन्दले जानकारी दिए ।

थप जानकारीका लागि आधिकारीक सम्पर्क नं ९८४८८६७२७६ , ९८६६२२६४६९ तथा ९८०१७५१६८० मा सम्पर्क गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×